हङकङ पोस्टले स्थानीय बासिन्दाहरूको आवश्यकता र हङकङको विश्वव्यापी हुलाक सेवाका दायित्वहरू पूरा गर्न उचित मूल्यमा विश्वसनीय, प्रभावकारी र विश्वव्यापी हुलाक सेवाहरू उपलब्ध गराउँछ, जसको विश्वव्यापी पहुँच 200 भन्दा बढी गन्तव्यहरूमा छ। यसले अगस्ट 1995 देखि व्यापार कोष विभागका रूपमा कार्यसञ्चालन गर्दै आइरहेको छ।

पत्र र पार्सल सेवा बाहेक हङकङ पोस्टले विभिन्न आवश्यकता भएका ग्राहकहरूलाई Speedpost र Local CourierPost जस्ता व्यापक सेवाको दायरा प्रदान गर्दछ। यसका साथै हङकङ पोस्टले इ-कमर्स बजारको विकासमा सहायता गर्न e-Express+ र EC-Get सेवाहरू जस्ता सान्दर्भिक सेवाहरू पनि प्रदान गर्दछ। इ-कमर्स व्यवसायको विकासको गति कायम राख्न हङकङ पोस्टले मेल पोस्टिङ र सङ्कलनका सुविधा र सेवाहरू सुधार गर्दै आएको छ।

बिल र भुक्तानीहरूका लागि PayThruPost ले ग्राहकहरूलाई सरकारी, युटिलिटी र अन्य बिल भुक्तानीहरू नगद, चेक, बैंक ड्राफ्ट र EPS मार्फत सबै हुलाक कार्यालयहरूमा व्यवस्थित गर्न एकै स्थानमा सबै सेवा प्रदान गर्दछ। सबै हुलाक कार्यालय काउन्टर र iPostal कियोस्कहरूमा कारोबारहरूका लागि सम्पर्करहित भुक्तानी स्वीकार गरिन्छ।

स्थानीय जनता र डाक टिकट सङ्ग्रहकर्ताहरूका बिचमा हङकङ टिकटहरू लोकप्रिय हुन जारी रहेका छन्। विस्तारिक हुलाक कार्यालय सञ्जालको अतिरिक्त हङकङ पोस्टले स्थानीय र गैर-स्थानीय डाक टिकट सङ्कलनकर्ताहरूलाई हङकङ टिकट र डाक टिकट उत्पादनहरू सुविधाजनक रूपमा खरिद गर्न सक्षम बनाउनका लागि यसको ShopThruPost अनलाइन किनमेल प्लेटफर्म को प्रयोग पनि गर्छ।

अगाडि हेर्दा, हङकङ पोस्टले सीमापारि इ-कमर्स व्यवसायको माग पूरा गर्ने र ग्वाङडोङ-हङकङ-मकाउ ग्रेटर बे एरियाको विकासमा योगदान पुर्‍याउने आफ्नो क्षमता बढाउन उत्सुक छ।

जातीय समानताको बढावाको निम्ति अवस्थित र योजनाबद्ध उपायहरू

हङकङ पोष्टले व्यापक सञ्जाल मार्फत सर्वसाधारणलाई दक्ष र भरपर्दो हुलाक र सहायक सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ । सर्वसाधारणको विविध जातीय पृष्ठभूमिका बाबजुद, हामी सबैलाई सम्बन्धित सेवाहरूमा समान पहुँच सुनिश्चित गर्न ठूलो महत्त्व राख्छौ ।

सेवाहरु सम्बन्धित

अवस्थित उपायहरू

भावी कार्यको मूल्यांकन

लिइएको थप उपायहरु

प्रभावकारिता र प्रयोगकर्ता प्रतिक्रियाको अनुगमन

जातीय समानताको बढावाको निम्ति अवस्थित र योजनाबद्ध उपायहरूबारे सोधपुछका लागि, कृपया Mr William YU, सहायक प्रबन्धक (पब्लिक रिलेशन) 1 लाई निम्न माध्यमहरु मार्फत सम्पर्क गर्नुहोस् -

टेलिफोन नं.: 2921 2590
फ्याक्स नं.: 2869 9519
ईमेल: msd@hkpo.gov.hk
पत्राचार ठेगाना: Management Services Division
6/F, Hongkong Post Building, 8 Wang Kee Street,
Kowloon Bay, Kowloon
 
返回